कोशी प्रदेशमा आजदेखि बजेट होलिडे, काम कारबाही प्रभावित



काठमाडौं । कोशी प्रदेशमा आजबाट बजेट होलिडे सुरु भएको छ । अध्यादेशमार्फत आएको बजेट प्रतिस्थापन नहुँदा कोशीमा आईतबार राति १२ बजेबाट बजेट होलिडे सुरु भएको हो ।

नेकपा (एमाले) नेतृत्वको सरकारले गत असार १४ गते अध्यादेशमार्फत ल्याएको बजेट प्रदेश सभामा टेबुल गरेको थियो ।


प्रदेश सभामा प्रस्तुत भएको उक्त विधेयक ६० दिनभित्र प्रतिस्थापन विधेयक ल्याएर प्रतिस्थापन गर्नुपर्ने व्यवस्था बमोजिम उक्त अध्यादेशबाट ल्याइएको बजेटको कानुनी र संवैधानिक हैसियत आईतबार राति १२ बजेबाट सकिएको हो ।

योसँगै प्रदेश सरकारलाई मालपोत, यातायात, वन जङ्गल लगायतका क्षेत्रबाट संकलन हुने राजश्व संलनमा अवरोध सिर्जना भएको छ ।

साथै, आजबाट प्रदेश सरकारले साधारण खर्च समेत गर्न पाउने छैन । बजेड होलिडेको नकरात्मक प्रभाव कर्मचारीको तलब भत्तादेखि नीजि क्षेत्रसँगको साझेदारीमा देखिने भएको छ ।