कोशीका मुख्यमन्त्री थापाले भदौ ४ गते विश्वासको मत लिने



विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले भदौ ४ गते विश्वासको मत लिने भएका छन् । उनले ४ गते विश्वासको मत लिन कोसी प्रदेश सभाको सचिवालयमा शुक्रबार सूचना दर्ता गराएका छन् ।

मुख्यमन्त्री थापाले ३ गते विश्वासको मत लिने गरि सूचना दर्ता गरेपनि उपसभामुख सिर्जना दनुवारले ४ गतेका लागि तोकेको प्रदेश सभा सचिवालयले जनाएको छ ।


मुख्यमन्त्रीले विश्वासको मत लिनुअघि त्यसको सूचना प्रदेश सभा सचिवालयमा दर्ता गर्नुपर्ने प्रावधान छ । र सूचना अनुसार सभामुखले दिन तोक्ने कानुनी व्यवस्था रहेको छ ।