कांग्रेसको अनुशासन समिति विस्तार



काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधानबमोजिम केन्द्रीय सदस्य आनन्दप्रसाद ढुङ्गानाको संयोजकत्वमा गठित ‘केन्द्रीय अनुशासन समिति’ मा सदस्यहरु मनोनित गरेका छन् ।

सभापति देउवाले आज समितिको सदस्यहरुमा पार्टीका केन्द्रीय सदस्यहरु ईश्वरी न्यौपाने, धु्रव वाग्ले, सञ्जयकुमार गौतम र राजीव कोइरालालाई मनोनयन गरेकाे पार्टी कार्यालयले जनाएको छ ।


त्यसैगरी, पार्टीको विधान बमोजिम कांग्रेसको केन्द्रीय निर्वाचन समितिको रिक्त रहेको संयोजक पदमा अधिवक्ता खम्मबहादुर खातीलाई नियुक्त गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।