काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले सुन तस्करीमा सरकारको उच्च नेतृत्व नै संलग्न रहेको आरोप लगाएको छ ।
च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आइबार आयोजित पत्रकार सम्मेलनमा प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले भ्रष्टाचार र सुन तस्करीमा सरकारकै नेतृत्व मुछिएको आरोप लगाएका हुन् ।
‘सरकारको अयोग्यता, नालायकिपन वा लाचारी के हो ? सुन तस्करीमा सरकारको संलग्नता छैन भने किन तर्सिन्छ ? हामीले आफ्ना कार्यकर्ता राखेर होइन, न्यायिक छानबिन भनेका छौ’, पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले भने ।
संसदमा प्रतिपक्षी सांसदहरूलाई आफ्नो कुरा राख्न सत्तारुढ सांसदहरू उठेर अवरोध गरेको आरोप लगाए ।
‘संसद अवरोध हुनै हुँदैन, गर्नै हुँदैन । गर्ने परिस्थित ल्याउनै हुँदैन’, ओलीले भने, ‘संसद देश र जनताका काम गर्ने थलो हो निर्वाध गर्नुपर्छ । संसद निदाएर र सुतेर बस्ने ठाउँ होइन । देश र जनताको पक्षमा बोलिएका कुरालाई सरकारले गम्भीरताका साथ लिनुपर्छ र स्वस्थ बहसमा आउनुपर्छ ।’