एमालेको अवरोधका कारण प्रतिनिधिसभा बैठक स्थगित, अर्को बैठक सोमबार बस्ने



काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदहरूले अवरोध गरेपछि प्रतिनिधिसभाको शुक्रबारको बैठक स्थगित भएको छ ।

एमालेका सांसदहरुले सय किलो सुन तस्करी प्रकरण छानबिन गर्न उच्चस्तरीय समिति गठनको माग गर्दै नाराबाजी र वेल घेराउ गरेपछि सभामुख देवराज घिमिरेले बैठक स्थगित गरेका हुन् ।


अब प्रतिनिधिसभाको अर्को बैठक २९ गते सोमबार दिउँसो १ बजे बस्नेछ । सुन तस्करी प्रकरणमा एमालेले उच्चस्तीय छानविन समिति गठन गर्न माग गर्दै साउन १० गतेदेसखि सदन अवरुद्ध गर्दै आइरहेको छ ।