काठमाडौँ । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)का उपाध्यक्ष क्यामरन एस अलफोर्ड आज नेपाल आउँदै छन् ।
नेपालमा एमसीसी आयोजनाको औपचारिक शुरुवातका लागि उनी आज अपरान्ह नेपाल आउन लागेका हुन् ।
करीब ७० करोड डलरको एमसीसी परियोजनाको भोलि उद्घाट्न गर्ने कार्यक्रम तय भएको छ । तीन दिने नेपाल बसाईका क्रममा क्यामरले नेपालमा अमेरिकी सहयोगमा सञ्चालित अन्य परियोजना र स्थानीय सांस्कृतिक महत्वका क्षेत्रहरुको पनि भ्रमण गर्ने कार्यक्रम छ ।
भोलि उद्घाटन गरेपछि एमसीसी कार्यान्वयनमा जाने छ । एमसीसी परियोजना अन्तर्गत ३१५ किलोमिरट विद्युत प्रसारण लाइन र १२ मिटर चौडा ७७ किलोमिटरको स्तरोन्नती गर्ने योजना रहेको छ ।
औपचारिक शुरुवात भएको पाँच वर्षभित्र उक्त कार्य पूरा गर्ने लक्ष्य राखिएको छ ।