काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उद्योग बाणिज्य र श्रम तथा उपभोक्ता समितिको सभापतिमा गणेश पराजुलीलाई उम्मेदवार बनाउने भएको छ ।
रास्वपा सांसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले उद्योग समितिको सभापतिमा पराजुलीलाई उम्मेदवार बनाउने बताए । संघीय संसदको दुई संयुक्त र १० वटा विषयगत समिति मध्ये रास्वपाले उद्योग समितिको सभापतिमा मात्र उम्मेदवारी दिने छ ।
संसदीय समिति सभापतिहरुका लागि आज मनोनयनको समय तोकिएको छ ।