काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उच्चस्तरीय छानबिन समिति गठन नभएका कारण सुनको तौल घटेको जिकिर गरेका छन् ।
एमालेको उद्योग वाणिज्य तथा आपूर्ति विभागले बुधबार काठमाडौंमा गरेको वर्तमान आर्थिक अवस्था–समस्या र समाधान छलफल कार्यक्रममा ओलीले सुन तस्करी प्रकरणमा छानबिन आयोग गर्न माग गर्दा त्यसलाई अस्वीकार गरेर सुनको तौल नै घटेको जिकिर गरेका हुन् ।
उनले सरकारको छानबिन आयोग बन्न नदिएको सफलता सय किलोबाट घटेर ६१ किलोमा झर्नु भएको बताए । उनले विमानस्थलबाट किलोका किलो सुन तस्करी हुँदा सडकमार्गबाट त्यो भन्दा पनि बढी सुन तस्करी भएको हुनसक्ने बताए ।
उनले सुन तस्करीमा अर्बौँको लगानी गर्ने व्यक्तिलाई लुकाउन उच्चस्तरीय छानबिन समिति गठन गर्न नदिएको तर्क गरे । ओलीले कांग्रेस सांसद सुनिल शर्मालाई पक्राउ गरेर सरकारले अरुलाई तर्साउन खाजेको बताए । उनले मुलुकको अर्थतन्त्र कमजोर भएर उद्योगधन्दा अप्ठेरोमा पर्दा र बन्दा हुँदा पनि सरकारलाई कुनै चासो नरहेको धारणा राखे ।
ओलीले उद्योगीहरु अप्ठेरोमा पर्दा पनि सरकार अहयोगी र निर्मम साहूजीको रुपमा प्रस्तुत भएको टिप्प्णी गरे ।