अस्ट्रेलियालाई हराउदै स्विडेन महिला विश्वकपको तेस्रो स्थानमा



काठमाडौँ । स्विडेन जारी महिला फुटबल विश्वकपमा तेस्रो भएको छ ।

तेस्रो स्थानको लागि शनिबार सम्पन्न खेलमा स्विडेनले आयोजक अस्ट्रेलियालाई २-० गोल अन्तरले पराजित गर्दै तेस्रो स्थान हासिल गरेको हो ।


स्विडेनको जितमा खेलको ३०औं मिनेटमा फ्रीडोलिना रोल्फोले पेनाल्टीमार्फत गोल गर्दै शुरुवाती अग्रता दिलाएकी थिइन् भने खेलको ६२औं मिनेटमा कोसोभारे असल्लानीले दोस्रो गोल गर्दै अग्रता दोब्बर पारेकी थिइन् ।

योसँगै स्विडेन विश्वकपमा तेस्रो भएको छ भने आयोजक अस्ट्रेलिया चौथो भएको छ ।

अब यस विश्वकपको फाइनल खेल भने आइतबार स्पेन र इङल्याण्डबीच हुदै छ ।