अमेरिकामा फुटबल खेलमा गोली हानाहान, चार जना घाइते



न्युयोर्क । अमेरिकामा गोली हानाहानका घटना रोकिने नाम लिइरहेका छैनन् । पछिल्लो घटना ओक्लाहोमा हाई स्कूलको हो, जहाँ एक फुटबल खेलमा चार जनालाई गोली हानिएको थियो।

न्यूयोर्क पोस्टका अनुसार घटना स्थानीय समय अनुसार राति करिब १०: ३० बजे भएको थियो, जब चोक्टो हाई स्कूल र डेल सिटी हाई स्कूलबीच खेल चलिरहेको थियो ।


कटौ प्रहरी प्रमुख केली मार्शलले घटनाका सम्बन्धमा शुक्रबार राति भएको गोली हानाहानमा चारजना घाइते भएको र उनीहरुलाई उपचारका लागि अस्पताल भर्ना गरिएको बताए । प्रहरीका अनुसार घाइतेमध्ये एक विद्यार्थी रहेका छन् । मार्सलका अनुसार घाइतेमध्ये तीन जनाको अवस्था चिन्ताजनक रहेको छ जबकी एकजना घाइते खतरामुक्त छन् ।

डेल सिटीका प्रहरी प्रमुख लोयड बर्गरले पत्रकारहरूसँगको कुराकानीमा भने,  ‘मलाई थाहा छ हाम्रा एक अधिकारी यसमा संलग्न छन्, जसको अनुसन्धान भइरहेको छ ।” 

यससँगै उनले भने, ‘जहाँसम्म मलाई थाहा छैन उनी को हुन् ? हिर्काए वा के गरे ? उनले घटनापछि संदिग्ध घटनास्थलबाट फरार रहेको र अझै नियन्त्रणमा नआएको बताए । तर, उनीहरूको खोजी जारी छ ।