अमेरिकाका विभिन्न राज्य आँधीको चपेटामा, एकहजार बढी उडान रद्द



वासिङ्टन डीसी । अमेरिकाका धेरै क्षेत्र समुद्री आँधीको चपेटामा परेका छन् । इडालिया नामको आँधी अमेरिकाको बिग बेन्ड क्षेत्रमा पुगेको छ । 

आँधीले क्यालिफोर्निया सबैभन्दा बढी प्रभावित भएको छ भने अन्य राज्यहरूमा पनि आँधीसहितको भारी वर्षा भएको छ ।


आँधी र वर्षाका कारण अमेरिकाका एक हजारभन्दा बढी उडान रद्द भएका छन् । यस्तै राष्ट्रपति जो बाइडेनका कार्यक्रमहरू पनि प्रभावित भएको ह्वाइटहाउसले जनाएको छ ।

राष्ट्रपति बाइडेनले आँधी प्रभावित राज्यका गभर्नरहरुसंग टेलिफोनमा संवाद गरि आँधीबाट प्रभावितहरूलाई आवश्यक सहयोग गर्नुपर्ने जनाएका छन् । 

आजदेखि इडालिया आँधीको गति मत्थर हुदै जाने त्यहाँका मौसमविद्हरूले जनाएका छन् ।