काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को ‘अपरेसन चार्ली फक्सट्राट’ अन्तर्गत नक्कली डाक्टरविरुद्धको अपरेसनमा सक्कली डाक्टर नै पक्राउ गरेको खुलासा भएको छ ।
अपरेसनअन्तर्गत हालसम्म आठजना डाक्टर पक्राउ परेका छन् । तर, पक्राउ परेकामध्ये महोत्तरी पिपराका रन्जित कुमार यादव सक्कली डाक्टर रहेको खुलासा भएको छ ।
नेपाल मेडिकल काउन्सियलका रजिस्टार कृष्णप्रसाद अधिकारीले नाम र ठेगाना मिल्दा प्रहरीले यादवलाई पक्राउ गरेको बताए । डा. यादवको विवरण काउन्सिलले सच्याएर सीआईबीमा पठाइसकेको छ ।
सीआईबीले काउन्सिलकै कागजातका आधारमा यादवलाई पक्राउ गरेको बताएको छ ।
सीआइबीको थुनामा अहिले सातजना डाक्टर छन् । तर, रन्जित यादवसमेत सक्कली डाक्टर पक्राउ परेको खुलेपछि उनलाइ छोड्ने तयारी गरिएको छ । यसैक्रममा काँग्रेस सांसद सुनिल शर्मा पक्राउ परे पनि अदालतको आदेशपछि उनी रिहा भइसकेका छन् ।