काठमाडौँ । राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछाने प्रतिवादी रहेको बलात्कार मुद्दामा अदालतले पीडित किशोरीकी आमाको जन्ममिति यकिन गर्न आदेश दिएको छ ।
काठमाडौँ जिल्ला अदालतका न्यायाधीश राजुकुमार खतिवडाको इजलासले किशोरीकी आमाको जन्ममितिसहितको कागजात झिकाउने आदेश दिएक हुन् ।
कतिपय कागजातमा पीडित किशोरीको र उनकी आमाको उमेर अमिल्दो देखिएका कारण यसबारे स्पष्ट हुन अदालतले आमाको जन्ममिति यकिन गर्न आदेश दिएको हो ।
बिहीबार न्यायाधीश राजुकुमार खतिवडाको इजलासले किशोरीकी आमाको उमेर २०५३ साल भएको पाइएपछि एकिन गर्न आदेश दिएका हुन् । उक्त विवरणमा पीडित भनिएकी किशोरी उनकी आमा ९ वर्षकी हुँदै जन्मिएको देखिन्छ ।
उक्त विवरण नमिलेको देखिँदा आमाको उमेर एकिन गर्न न्यायाधीश खतिवडाले आदेश दिएका सन्दीपका वकिल मुरारी सापकोटाले जानकारी दिए ।