मुख्यमन्त्री थापाले लिएको विश्वासको मतलाई संविधानसम्मत मान्न सकिन्न, दीर्घकालीन निर्णय नगर्नू : सर्वोच्च



काठमाडौं । सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मत संविधानविपरीत भएको ठहर गर्दै प्रदेश सरकारलाई कामचलाउ सरकारमा परिणत गरिदिएको छ ।

विहिबार सर्वोच्च अदालतका न्यायाधीश इश्वरप्रसाद खतिवडाको एकल इजलासले  मुख्यमन्त्री थापाले लिएको विश्वासको मत संविधानविपरीत भएको ठहर गर्दै प्रदेश सरकारलाई कुनै महत्त्वपूर्ण निर्णय नगर्न सर्वोच्चले आदेश दिएको हो ।