माओवादी केन्द्रले केन्द्रीय समितिमा थप्यो २२ महिला



काठमाडौँ । नेकपा माओवादी केन्द्रले केन्द्रीय समितिमा २२ जना महिला थप गरेको छ । योसँगै माओवादी केन्द्रीय कमिटी ४०७ सदस्यीय बनेको छ ।

केन्द्रीय समितिमा ३३ प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित गर्न माओवादीले २२ जना महिला थपेको हो । थपिएका केन्द्रीय सदस्यहरु शुक्रबारदेखि केन्द्रीय कमिटी बैठकमा सहभागी भएका छन् । 


यसअघि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुधबारको केन्द्रीय समिति बैठकमा ३३ प्रतिशत महिला थप गर्ने प्रस्ताव गरेका थिए । अध्यक्षको प्रस्ताव पारित भएपछि मनोनीत भएका केन्द्रीय सदस्यहरु बैठकमा सहभागी भएका हुन् ।

थपिएका सदस्यहरु: 

१- आङदावा शेर्पा
२- इन्दिरा अधिकारी
३- उमा कपाली
४- उर्मिला विक
५- गंगा खड्का
६- गिताकुमारी कँडेल चौलागाई
७- गिता शाही
८- छमकुमारी खनाल
९- दिलमाया बुढामगर
१०- निरमाया श्रीस
११- निशा न्यौपाने
१२- पार्वती थापा
१३- भगवती तिवारी
१४- मोतिकली चलाउने
१५- कुमारी पुन
१६- लिला शर्मा
१७- सपना परियार
१८- सिता दाहाल
१९- सुशीला घिमिरे
२०- सुशीला पौडेल
२१- सूर्यकुमारी विक
२२- सरु चौधरी