काठमाडौं । नेकपा माओवादी केन्द्रले केन्द्रीय कमिटी बैठक लाइभ नगर्ने भएको छ ।
केन्द्रीय कमिटीको बैठक बस्नु अगाडि माओवादी केन्द्रको पदाधिकारी बैठकले प्रत्यक्ष प्रशारण नगर्ने निर्णय गरेको हो ।
माओवादी केन्द्रमा बैठक लाइभ गर्ने विषयमा विवाद भएको थियो । पार्टीमा विवाद भएपछि लाइभ गर्ने निर्णयबाट पछि हटेको हो ।
यस अघि काँग्रेसले केन्द्रीय समितिको बैठक लाइभ गरेपछि अन्य दलहरुमाथि बैठक लाइभ गर्ने दबाब बनेको छ ।