काठमाडौँ । गत जुलाई २० देखि अष्ट्रेलिया र न्युजिल्याण्डमा संयुक्त रुपमा सुरु भएको फिफा महिला विश्वकप फुटबल आगामी आइतबार सकिँदै छ ।
आइतबार उपाधिका लागि इङ्ल्यान्ड र स्पेनको खेल सकिएसँगै सन् २०२३ को फिफा महिला विश्वकप समापन हुनेछ ।
हिजो भएको खेलमा आयोजक अस्ट्रेलियालाई ३–१ गोलले हराउँदै इङ्ल्यान्ड पहिलो पटक फाइनलमा पुगेको छ । त्यस्तै, स्पेन पनि स्वीडेनलाई हराउँदै पहिलो पटक फाइनलमा पुगेको हो ।
यसपटकको महिला विश्वकपमा यी दुईमध्ये जुन टोलीले जिते पनि नयाँ टोली च्याम्पियन बन्ने पक्का भएको छ ।