काठमाडौँ । नवनियुक्त संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनितादेवीले जनतालाई केन्द्रमा राखेर प्रभावकारीरुपमा सेवा प्रवाह गर्ने बताएकी छन् ।
सिंहदरबारस्थित संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा आज पदभार ग्रहण गर्दै उनले सहज र छरितो ढंगले जनतालाई सेवा दिनु नै आफ्नो पहिलो प्राथमिकता भएको उल्लेख गरिन् ।
मन्त्री अनितादेवीले संघीयतालाई कायम राख्दै सुशासनयुक्त प्रभावकारी सेवा प्रवाह दिनेमा अग्रसर रहनेसमेत प्रतिबद्धता व्यक्त गरे। आमनागरिकलाई सहज र सुलभ सेवा कसरी दिनेभन्ने बारेमा आफू सचेत रहेको उनको भनाइ छ ।
त्यस्तै निवर्तमान संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले नवनियुक्त मन्त्री साहलाई स्वागत गर्दै आफूले गर्न नसकेको काम पूरा गर्न सुझाव दिए।