चोरी मुद्दामा वडाध्यक्ष विष्ट जेल चलान



सुर्खेत । जिल्ला अदालत सुर्खेतले वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष विनोद सिंह विष्टलाई पूर्पक्षका लागि कारागार चलान गरेको छ । आइतबार न्यायाधीश मनोज श्रेष्ठको एकल इजलाशले डाका तथा चोरी मुद्दामा वडाध्यक्ष विष्टसहित तीन जनालाई कारागार चलान गर्ने आदेश दिएको हो ।

विष्टसँगै सुशील गुरुङ्ग र बलिराज शाही कारागार चलान भएका छन् । वडाध्यक्ष विष्टलाई २४ असारमा वडाध्यक्ष विष्टसहित पाँच जनाको टोलीले खोर्केखोला तटबन्धन उपभोक्ता समितिको ६ लाख ५० हजार रुपैयाँ लुटेको भन्दै प्रहरीमा उजुरी परेको थियो । पाँच जनामध्ये दुई जना सन्तोष थापा र यामराज शाही भने दुई/दुई लाख धरौटीमा रिहा भएका छन् ।