कालिगण्डकी आसपासका बासिन्दालाई सुरक्षित रहन आग्रह



गण्डकी । मुस्ताङको कालिगण्डकी नदीमा पानीको बहाव बढ्दै गएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पानीको बहाव बढेसँगै वारागुङ मुक्तिक्षेत्रका वासिन्दालाई उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय मुस्ताङले उच्च सर्तकता अपनाउन आग्रह गरेको छ।

वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ को ठाँडो नरसिंह खोला र वारागुङ मुक्तिक्षेत्र–४ को ग्रीन ताङ्वे र ताङ्वे गाउँको ठाँडो खोलाको बाहव अत्यधिक उच्च हुँदा कालिगण्डकी नदीको बहाव बढेको बताइएको छ। नरसिंह खोला र ताङ्वे खोलामा पहिरोसहितको भिषण बाढी आएको बताइएको छ।