काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले पाकिस्तान र श्रीलंकामा हुने एसीसी एसिया कपका लागि नेपाली राष्ट्रिय क्रिकेट टिमको घोषणा भएको गरेको छ ।
मुख्य प्रशिक्षक मोन्टी देसाईले रोहितकुमार पौडेलको नेतृत्वमा १७ सदस्यीय टोलीको घोषणा गरेका हुन् ।
अगस्ट ३० देखि सुरु हुने प्रतियोगिताको एक हप्ताअघि नेपालले पाकिस्तानमा पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)ले व्यवस्थापन गरेको टिमसँग अभ्यास खेल खेल्ने तयारी गरेको छ ।
एसिया कपको उद्घाटन खेलमा नेपाल र पाकिस्तानले प्रतिस्पर्धा गर्नेछन् । पाकिस्तानको मुल्तानमा हुने यो खेल अगस्ट ३० मा हुनेछ । यस्तै, नेपालले दोस्रो खेलमा भारतविरुद्ध सेप्टेम्बर ४ मा श्रीलंकामा खेल्नेछ ।
नेपाली टिम: रोहितकुमार पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, ललित राजवंशी, भीम सार्की, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, करण केसी, गुलशन झा, आरिफ शेख, सोमपाल कामी, प्रतिश जिसी, किशोर महतो, सन्दीप जोरा, अर्जुन साउद र श्याम ढकाल ।