काठमाडौँ । नेपाल प्रहरीका उच्च अधिकारीको सरुवासम्बन्धी मापदण्ड जारी भएको छ । उपप्रधान एवम गृहमन्त्री नाराणणकाजी श्रेष्ठले मन्त्रीस्तरीय निर्णय गर्दै मापदण्ड स्वीकृत गरेका हुन् ।
यसअघि प्रहरी प्रधान कार्यालय नीति निर्माण समितिको बैठकले साउन २८ गते यससम्बन्धी मापदण्ड पारित गरेको थियो । नयाँ मापदण्ड अनुसार प्रहरी एकाईलाई तीन समूहमा वर्गीकरण गरिएको छ ।
प्रहरी नियवमाली अनुसार डीआईजीको सरुवा प्रहरी प्रधान कार्यालयको सिफारिसमा मन्त्रालयले गर्ने व्यवस्था गरिएको छ ।
नयाँ मापदण्डमा प्रहरीमा कार्यरत दम्पत्तिलाई एउटै वा नजिकैको प्रहरी कार्यालयमा सरुवा गर्ने व्यवस्था गरिएको छ । यो सुविधा एक दर्जामा एक पटक र सेवा अवधिमा २ पटकसम्म प्राप्त हुने व्यवस्था छ ।