सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला १ लाख १३ हजार ६०० रुपैयाँ



काठमाडौँ । सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ।  नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य ५ सय रुपैयाँले बढेर १ लाख १३ हजार ६०० कायम भएको छ। जुन हालसम्मकै उच्च हो ।


बिहीबार बजारमा छापावाला सुन १ लाख १३ हजार ६०० र तेजाबी सुन १ लाख १३ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ।

आज चाँदीको मूल्य पनि १५ रुपैयाँले बढेको छ। बुधबार १ हजार ४८० रुपैयाँमा कारोबार भइरहेको सुन बिहीबार १ हजार ४९५ रुपैयाँमा कारोबार भइरहेको छ।