काठमाडौँ । संसदको कानुन न्याय तथा मानवअधिकार समितिले संक्रमणकालीन न्यायसम्बन्धी टिआरसी विधेयक टुंग्याउन उपसमितिको म्याद १५ दिन थपेको छ ।
शुक्रबार बसेको समितिको बैठकले उपसमितिको म्याद १५ दिन थप गर्ने निर्णय गरेको हो ।
टिआरसी विधेयकमा संशोधनकर्ता, सरोकारवालासँग छलफल गरिसकेको र प्रतिवेदन तयार गर्न बाँकी रहेकाले म्याद थप गर्न उपसमितिले आग्रह गरेको थियो । सोहीअनुसार समितिले शुक्रबार १५ दिन उपसमितिको म्याद थप गरेको हो ।
गत ५ जेठमा टिआरसी विधेयकमा दफावार छलफल गरि प्रतिवेदन बुझाउने गरी २१ दिनको समय दिएर ११ सदस्यीय उपसमिति गठन गरेको थियो ।
तर, प्रतिवेदन तयार गर्न समय नपुगेको भन्दै उपसमितिले म्याद थपका लागि आग्रह गरेको थियो । सोहीअनुसार शुक्रबार बसेको समिति बैठकले १५ दिनभित्र प्रतिवेदन बुझाउनेगरी उपसमितिका १५ दिन म्याद थपेको हो ।