काठमाडौँ । लुम्बिनी प्रदेशसभाको आजका लागि बोलाइएको बैठक स्थगित भएको छ ।
आज दिउँसो बस्ने गरी बोलाइएको बैठक सूचना टाँसेर स्थगित भएको जानकारी गराइएको छ ।
प्रदेशसभा सचिव दुर्लभ कुमार पुन मगरले सभामुखको निर्देशन अनुसार अर्को बैठक मंगलबार दिउँसो १ बजेका लागि आह्वान गरिएको सूचनामार्फत जनाएका छन् ।
यसअघिको बैठकमा निजामती कर्मचारीसम्बन्धी विधेयक र स्वास्थ्य संस्था सञ्चालन, नवीकरण तथा व्यवस्थापन गर्न बनेको विधेयक पेस भएका थिए ।
मंगलबार बस्ने बैठकमा सोही विधेयकमाथिको छलफल अघि बढ्ने सम्भावना रहेको सचिवालयले जनाएको छ ।