काठमाडौं । सांसद अमरेशकुमार सिंहले ललिता निवास प्रकरणमा संलग्न नेतृत्वकर्ताहरूलाई छानबिनको दायरामा ल्याउन माग गरेका छन् ।
शुक्रबारको प्रतिनिधिसभा बैठकमा सांसद सिंहले कर्मचारीहरूलाई मात्रै पक्राउ गरेर निर्णयकर्तालाई उन्मुक्ति खोजिएको भन्दै आपत्ति जनाएका हुन् ।
उनले ललिता निवास प्रकरणमा टिप्पणी उठाउने थुनामा जानुपर्ने तर निर्णयकर्ताहरु साइरन बजाउँदै हिँड्नु उचित नभएको बताए ।
उनले भने, ‘ललिता निवास प्रकरणमा टिप्पणी उठाएवापत जेल जाने तर निर्णयकर्ताहरू बसेर डिनर खाने र अगाडि पछाडि साइरन बजाउँदै हिँड्ने यो कस्तो न्याय हो ? दलहरू बसेर भ्रष्टाचार गर्ने र कर्मचारीलाई दोषी देखाउने हो भने कर्मचारी संयन्त्रले काम गर्दैन।’