काठमाडौँ । आइसीसी क्रिकेट विश्वकप क्वालिफायरको प्लेअफ अन्तर्गत नेपालले युएईलाई ३ विकेटले हराएको छ ।
युएईले दिएको १८२ रनको लक्ष्य पछ्याएको नेपालले ४२.२ ओभमार ७ विकेट गुमाएर १८५ रन बनायो ।
नेपालका लागि दिपेन्द्रसिंह ऐरीले अविजित ७९ रन बनाए । यस्तै कुशल भुर्तेल ३५, सन्दिप लामिछाने अविजित २३, ज्ञानेन्द्र मल्ल १३ र गुल्शन झाले १२ रन बनाए ।
युएईका लागि बलर महोम्मद जबदुल्लहाले ३ विकेट लिए । यस्तै जुनायद सिद्धिकी, अलि नसिर, सन्जित शर्मा र रोहन मुस्ताफाले समान एक–एक विकेट लिए ।
यसअघि हरारे स्पोर्ट्स मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको युएईले ४६.२ ओभरमा १८१ रनमा अलआउट भयो । युएईका लागि वृत्य अरविन्दले ४४ रन बनाए ।
यस्तै रोहन मुस्ताफा ३५, वशिल हमेद २९, ओपनर आर्यन्स शर्माले २८, सन्जित शर्मा १२ र रमेज शहाजदले १० रन बनाउन बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक बनाउन सकेनन् ।
नेपालका लागि बलर करन केसी र सन्दिप लामिछानेले ३–३ विकेट लिए । यस्तै गुल्सन झा, दिपेन्द्र सिंह ऐरी र प्रतिश जिसीले समान एक–एक विकेट लिए ।
अब नेपालले सातौ स्थानको लागि आयरल्याण्डसँग खेल्ने छ । शुक्रबार भएको प्लेअफको पहिलो सेमिफाइनलमा आयरल्याण्डले अमेरिकालाई पराजित गरेको थियो ।
प्लेअफको फाइनल जित्ने देश सातौं स्थानमा हुने छ भने पराजित हुने टिम आठौ स्थानमा रहने छ । साथै सेमिफाइनलमा पराजित दुई देशले नवौं र दशौँ स्थानका लागि खेल्ने छन् ।