पर्वत । पर्वतको जलजला गाउँपालिका–८ नाङलीवाङमा बिरामी चितुवाको उद्धार गरिएको छ ।
बुधबार मालढुङ्गा–बेनी सडक नजिकै फर्सेमा मकैको खेतमा भेटिएको बिरामी चितुवाको डिभिजन वन कार्यालयले उद्धार गरेको हो ।
करिब डेढ वर्ष उमेरको चितुवा मकै बारीमा सुतेको देखेपछि स्थानीयले डिभिजन वन कार्यालयलाई खबर गरेका थिए ।
कार्यालय प्रमुख विष्णु अधिकारीका अनुसार पशु कार्यालयको टोलीले अशक्त चितुवाको स्वास्थ्य जाँच गरिरहेको छ । चितुवालाई उपचारपछि उचित वासस्थानमा छाड्ने उनको भनाइ छ ।
पर्वतमा गत आर्थिक वर्षमा नौ चितुवा मृत फेला परेका थिए । दुई चितुवाको जिवितै उद्धार गरिएको थियो । डिभिजन वन कार्यालयले गत आवमा चितुवाले पु¥याएको क्षतिपूर्तिबापत पीडितलाई २६ लाख ८६ हजार भुक्तानी गरेको छ ।