बागमती प्रदेशसभा बैठक सोमबार ११ बजे बस्ने



मकवानपुर । बागमती प्रदेशसभाको आज साँझ बस्ने भनिएको दोस्रो बैठक विशेष कारणवश स्थगित भाई असार १८ गते बिहान ११ बजे बस्ने भएको छ ।

आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट वक्तव्यमा सत्तापक्षले प्रतिपक्षसँग सहमति जुटाउने सिलसिलामा सर्वदलीय बैठक हुँदा सहमति जुट्न नसकेकाले आज साँझ बस्ने भनिएको बैठक भोलिको लागि सारिएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए ।


प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले सरकारका तर्फबाट प्रतिपक्षहरुसँग वार्तालाभ गरी सहमति गरी बिबाद टुङ्ग्याउने सम्भावना रहेको र दिउँसो बैठक नियमित रुपमा सञ्चालन हुने बताए ।