परराष्ट्रले अर्थसँग भन्यो-राष्ट्रपति उपचारका लागि भारत जाँदा खर्च भएको ५५ लाख भुक्तानी गर्नु



काठमाडौं । परराष्ट्र मन्त्रालयले राष्ट्रपति रामचन्द्र पौडेल उपचारका लागि भारत जाँदाको एयर एम्बुलेन्स र फर्किँदाको नेपाल वायु सेवा निगमको भाडा भुक्तानीका लागि अर्थ मन्त्रालयलाई पत्राचार गरेको छ । परराष्ट्रले एयर एम्बुलेन्स र निगमको भाडासहित ५५ लाख रूपैया भुक्तानीका लागि अर्थलाई पत्राचार गरेको हो ।

एयर एम्बुलेन्स र नियमित उडानका भाडाबापत ५५ लाख २ हजार २७९ रूपैयाँ भुक्तानीका लागि परराष्ट्रले सोमबार अर्थलाई पत्राचार गरेको छ ।


राष्ट्रपति पौडेल गत वैशाख ६ गते श्री एयरलाइन्सको एयर एम्बुलेन्सबाट भारत गएका थिए भने निगमको नियमित उडानबाट फर्किएका थिए । राष्ट्रपति पौडेल उपचार गरी फर्किएपछि उनको सचिवालयले उपचार खर्च आफैं बेहोर्ने भन्दै विज्ञप्ति जारी गरेको थियो ।