काठमाडौं । नेपाली कांग्रेस पदाधिकारी बैठक बस्दैछ । केन्द्रीय समितिको बैठकमा पेश गर्ने एजेण्डाबारे छलफल गर्नका लागि उक्त बैठक बस्न लागेको हो ।
सभापति शेरबहादुर देउवाले केन्द्रिय समिति बैठकमा छलफल गर्ने अजेन्डा तय गर्नका लागि पार्टीका पदाधिकारी र पूर्व पदाधिकारी बैठक बोलाएको उनको सचिवालयले जानकारी दिएको छ ।
बैठक दिउसो २ बजे सभापति देउवा निवास धुम्बाराहीमा बस्नेछ ।