काठमाडौं । चर्चित नाइट क्लब एलओडीका दुईजना कर्मचारी पक्राउ परेका छन् ।
क्लबमा नाबालिगलाई प्रवेश गराएको आरोपमा क्लबका म्यानेजर सहदेव सेढाई र सपना ढुंगानालाई पक्राउ गरेको काठमाडौं प्रहरी परिसरका प्रमुख दानबहादुर कार्कीले जानकारी दिए । क्लबमा पुगेकी एक किशोरी बलात्कृत भएपछि सञ्चालक र कर्मचारी पक्राउ परेका हुन् ।
उमेर नपुगेका बालबालिकालाई क्लवमा प्रवेश दिएको पाइएको भन्दै यसअघि प्रहरीले क्लवका संचालकहरू रुदिल बल्लभ श्रेष्ठ र राजुसिंह सुवाललाई पक्राउ गरेको थियो। तर घटना भएका बेला उनीहरू क्लबमा उपस्थित नभएको भन्दै बोलाएका बेला उपस्थित हुनेगरी उनीहरूलाई छाडिएको थियो।