हनुमानढोका परिसरभित्र सवारी साधन निषेध



काठमाडौं । काठमाडौं महानगरपालिकाले हनुमानढोका परिसरभित्र सवारी साधन निषेध गरेको छ । दिनक हजारौं पर्यटक आउने भएकाले उक्त क्षेत्रमा सवारी साधनलाई निषेध गरिएको काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले बताएका छन् ।

उनले भनेका छन्, ‘काठमाडौ मुख्यरुपमा प्राचिन र ऐतिहासिक कालीगढीको उदाहरण हो । काठमाडौको पहिचान भनेकै यहाँका सम्पदाहरु हुन् । विश्वलाई गौरवसाथ देखाउन सक्ने, हामीले शानसँग व्यवसायीकता अंगाल्न सक्ने भनेकै यीनै सम्पदा र यीनको प्राचीन मौलिकता पनि हुन् । यही हेर्न, अनुभव गर्न र रमाउन लाखौँ पर्यटकहरु आउन सक्छन् । वसन्तपुर हनुमानढोका यसमध्येकै एक हो, जहाँ दिनमा हजारौँ पर्यटकहरु आउने र लाखौँ आउन सक्ने सम्भावना छ । यीनीहरुको मौलिकता, सौन्दर्य र परिसरको वातावरण शान्त, स्वच्छ र सुरम्य हुन अत्यावश्यक छ । यसैले हनुमानढोका परिसर भित्र सवारी साधनहरुलाई निषेध गरिएको छ ।’