स्वास्थ्य क्षेत्रसँग प्रदेश सरकारले सहकार्य गर्छ : मुख्यमन्त्री शाह



सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले निजी क्षेत्रका स्वास्थ्य संस्थासँग प्रदेश सरकार सहकार्य गरेर अगाडि बढ्न तयार रहेको बताए ।

धनगढीमा नवनिर्मित सौभाग्य हस्पिटल एन्ड रिसर्च सेन्टर प्राइभेट लिमिटेडको आज उद्घाटन गर्दै मुख्यमन्त्री शाहले निजी क्षेत्रमा तपाईँहरू अगाडि बढेमा प्रदेश सरकार साथ दिन तयार रहेको बताए ।


‘प्रविधिले विश्वमा एक किसिमको वातावरण सिर्जना गरेको छ, नयाँ नयाँ प्रविधि र साधनस्रोत छन्, त्यो हुँदाहुँदै पनि हामीले हाम्रो ठाउँमा भनेजस्तो, सोचेजस्तो राष्ट्रिय–अन्तर्राष्ट्रिय क्षेत्रमा पाउने सेवाबाट बञ्चित भएका छौँ’, उनले भने ।

मुख्यमन्त्री शाहले थपे, ‘राज्यले महत्त्व दिँदादिँदै पनि राज्य त्यहाँसम्म पुग्न नसकेको अवस्था छ ।’ त्यसकारण हामी सबै एकजुट भएर अगाडि बढ्नु जरुरी रहेको उनले बताए ।