स्कटल्याण्डलाई हराउदै नेदरल्याण्डस विश्वकपमा छनौट



काठमाडौँ । नेदरल्याण्डस आइसीसी क्रिकेट विश्वकपमा छनौट भएको छ  । सुपर सिक्सको खेलमा विहिबार स्कटल्याण्डलाई ४ विकेटले पराजित गर्दै नेदरल्याण्डसले विश्वकपमा आफ्नो स्थान सुरक्षित गरेको हो । 

स्कटल्याण्डले दिएको २७८ रनको लक्ष्य पछाएको नेदरल्याण्डसले ४२.५ ओभरमा ६ विकेट गुमाउदै लक्ष्य पुरा गरेर यो महत्वपूर्ण जित हासिल गरेको छ ।       


यसअघि बुलावायो क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको स्कटलयाण्डले निर्धारित ओभरमा ९ विकेट गुमाएर २७८ रन बनाएको थियो । 

योसँगै नेदरल्याण्डस सुपर सिक्समा दोस्रो हुदै विश्वकपमा छनौट भएको छ ।  नेदरल्याण्डसको ५ खेलमा ६ अंक रहेको छ र ६ अंक नै रहेको स्कटल्याण्डलाई नेट रनरेटमा उछिन्दै विश्वकपमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

योसँगै श्रीलंका र नेदरल्याण्डसले भारतमा हुने एकदिवसीय विश्वकप खेल्ने भएका छन् ।

अंक तालिका