काठमाडौँ । नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले सुन तस्करीमा संलग्न मुख्य दोषीलाई कारबाहीको माग गर्दै प्रदर्शन गरेको छ । काठमाडौंमा शुक्रबार साँझ मसाल जुलुस निकाल्दै युवा संघले सुनकाण्डका मुख्य मुख्य दोषीलाई कारबाही गर्न माग गरेको हो ।
त्यसक्रममा युवा संघका कार्यकर्ताले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामासमेत मागेका छन् । उनीहरुले सरकारले भरियालाई समातेर सुनकाण्डका मुख्य दोषीलाई उन्मुक्ति दिन खोजेको आरोप लगाएका छन् ।
त्रिभुवन विमानस्थलबाट एक सय किलो सुन तस्करी भएपछि प्रहरीले अहिलेम्म एक चिनियाँ र एक भारतीयसहित १० जनालाई पक्राउ गरिसकेको छ ।