सुनचाँदीको मूल्य आज पनि स्थिर, कतिमा हुँदैछ कारोबार?



काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य आज पनि स्थिर छ। आइतबार तोला सातसय रूपैयाँले बढेको सुनको मूल्य सोमबार र मंगलबार स्थिर रहेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ११ हजार तीन सय रूपैयाँ कायम छ भने तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १० हजार सात सय ५० रूपैयाँमा  कारोबार भइरहेको छ । आइतबार र सोमबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो।


यस्तै चाँदीको मूल्य पनि आज स्थिर छ। सोमबार प्रतितोला एक हजार ३ सय ९५ रूपैयाँ मूल्य तोकिएको चाँदी मंगलबार पनि सोही मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ। आइतबार पनि चाँदीको सोही मूल्य कायम थियो।