सुदूरपश्चिम प्रदेशसभामा बजेटमाथि छलफल सुरु



सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशसभाको बैठकमा प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट कार्यक्रममाथि छलफल सुरु भएको छ ।

प्रदेशसभामा आज पहिलो दिन भएको छलफलमा प्रदेशसभा सदस्य विक्रमसिंह धामी, राजेन्द्रसिंह रावल, कैलाश चौधरी, खेमादेवी विष्ट र तारा जोशीले भाग लिएका थिए। यसअघि बैठकमा आर्थिक मामिलामन्त्री नरेशकुमार शाहीले आव २०८०/८१ को राजस्व र व्ययको अनुमानमाथि सभामा छलफल गरियोस् भनी पेश गर्नुभएको प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको थियो ।


मन्त्री शाहीले बजेटले प्रदेशको आगामी दिनको विकसित यात्राका लागि एक महत्त्वपूर्ण आधार तय गरेको बताए।