सीता दाहालको दिउँसो दुई बजे पशुपति आर्यघाटमा दाहसंस्कार गरिने



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की जीवनसङ्गिनी सीता दाहालको पार्थीव शरीर श्रद्धाञ्जलिका लागि पार्टी केन्द्रीय कार्यालयमा राखिने भएको छ ।

आज बिहान ११ देखि दिउँसो एकबजेसम्म पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दाहालको पार्थीव शरीर राखिने र अपराह्न २ बजे पशुपति आर्यघाटमा दाहसंस्कार गरिने प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ । दाहालको ६९ वर्षको उमेरमा आज बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।