संचार सचिव राउतलाई थुनामुक्त गर्न माग गर्दै बन्दी प्रत्यक्षीकरणको रिट दर्ता



काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका सञ्चार मन्त्रालयका सचिव कृष्णबहादुर राउतलाई थुनामुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता भएको छ ।

रिटको प्रारम्भिक सुनुवाइका लागि बिहीबारलाई पेशी तोकिएको छ। राउत असार २४ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए। सरकारी कागजात कीर्तेसहित संगठित अपराधको कसूरमा उनीमाथि प्रहरीले अनुसन्धान थालेको छ।