ललिता निवास प्रकरणमा भूमि व्‍यवस्था विभागका पूर्व महानिर्देशक श्रेष्ठ पक्राउ



काठमाडौँ । ललिता निवास जग्गा प्रकरणमा भूमिसुधार तथा व्यवस्था विभागका पूर्व महानिर्देशक रुद्रप्रसाद श्रेष्ठ पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले मंगलबार साँझ काठमाडौँबाट श्रेष्ठलाई पक्राउ गरेको एसएसपी दिनेश आचार्यले जानकारी दिए ।

भूमि विभागमा शाखा अधिकृत छँदा श्रेष्ठले २०४९ सालमा सरकारी जग्गा व्यक्तिका नाममा हुने गरी हाल साविक गर्न टिप्पणी उठाएको पाइएको प्रहरीले जनाएको छ । ललिता निवास जग्गा प्रकरणमा मंगलबार नै तत्कालीन उपसचिव बालकृष्ण श्रेष्ठ पनि पक्राउ परेका छन् ।