काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा थप दुई जना प्रकाउ परेका छन्।
सोमबार केन्द्रीय अनुसन्धान ब्युरो(सीआइबी)ले रमेश कुमार पोखरेल र देवनारायण महर्जनलाई पक्राउ गरेको हो। उनीहरूलाई काठमाडौंबाट पक्राउ गरिएको सीआइबीले जनाएको छ।
यस्तै, आइतबारपनि सीआइबीले सो प्रकरणमा २ जनालाई पक्राउ गरेको थियो।
सो प्रकरणमा हालसम्म आठजना पक्राउ परिसकेका छन् । तीन जना भने अदालतको आदेशका कारण पक्राउ परेर छुटेका थिए ।