ललिता निवास जग्गा प्रकरण : समरजंग कम्पनीका तत्कालीन सहायक लेखापाल पौडेल पक्राउ



काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा समरजंग कम्पनीका तत्कालीन सहायक लेखापाल विनोद पौडेल पक्राउ परेका छन् । बुधबार प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)ले उनलाई काठमाडौंको चावहिलबाट पक्राउ गरेको हो ।

यस प्रकरणमा प्रहरीले भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङदेखि हालसम्म १७ जना पक्राउ गरेको छ । यस प्रकरणमा समरजंग कम्पनीका तीन जना कर्मचारीलाई पक्राउ गरिउको छ ।


ललिता निवास प्रकरणमा सीआईबीले कीर्ते र संगठित अपराधमा अनुसन्धान जारी राखेको छ ।