ललिता निवास जग्गा प्रकरण : सर्वोच्चद्वारा बन्दीप्रत्यक्षीकरणको मुद्दा खारेज



काठमाडौँ । सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका चार जनाको बन्दीप्रत्यक्षीकरण मुद्दा खारेज गरिदिएको छ ।

सर्वोच्च अदालतका न्यायाधीश प्रकाशकुमार ढुंगाना र नहकुल सुवेदीको संयुक्त इजलासले बन्दीप्रत्यक्षीकरणको मुद्दा खारेज गरेको हो ।


ललिता निवास प्रकरणमा पक्राउ परेका भाटभटेनी सुपरमार्केटका मीनबहादुर गुरुङ, पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह, सञ्चार सचिव कृष्णबहादुर राउत, डिल्लीबजार मालपोतका पूर्वकर्मचारी धर्मप्रसाद गौतमले बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका थिए ।