राष्ट्रियसभा बैठक : विनियोजन विधेयकमाथि छलफल जारी रहने



काठमाडौँ । संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज पनि बस्दैछ । बैठक संसद भवन नयाँबानेश्वरमा दिउँसो २ बजेर ३१ मिनेटमा बस्नेछ । आजको बैठकमा विनियोजन विधेयक– २०८० माथि मन्त्रालयगत विभिन्न शीर्षकहरुमाथि छलफल हुनेछ । 

सङ्घीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार आजको बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय, परराष्ट्र मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र खानेपानी मन्त्रालयमाथि छुटाइएको बजेटमाथि छलफल हुनेछ । 

567865856