काठमाडौं । राष्ट्रियसभा बैठक बस्दैछ । संघीय संसद् भवन, नयाँ बानेश्वरमा बैठक बस्नेछ । बैठक ११ः१६ बजे बोलाइएको छ ।
संघीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार आजको बैठकमा आर्थिक विधेयक २०८० माथिको दफावार छलफल सदनमा गरियोस भन्ने प्रस्ताव प्रस्तुत हुनेछ भने आर्थिक विधेयक २०८० पारित गरिनेछ ।
उता, राष्ट्र ऋण उठाउने विधेयक २०८० माथी दफावार छलफल हुने भएको छ भने त्यसपछि सो विधेयकलाई पारित गर्ने कार्यसूची रहेको छ ।