मीनबहादुर गुरुङसहित ९ जनालाई थप सात दिन हिरासतमै राख्न अनुमति



काठमाडौं । काठमाडौं जिल्ला अदालतले ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका नौ जनालाई थप सात दिन हिरासतमा राख्न अनुमति दिएको छ । मंगलबार जिल्ला अदालतले अनुसन्धानका लागि हिरासतमा राख्न सात दिन म्याद थप गरेको हो ।

बालुवाटार जग्गा प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ९ जनालाई पक्राउ गरिसकेको छ । सीआईबीले सरकारी किर्ते कसुरमा असार १२ गते भाभटेनी सुपरमार्केटका मालिक मीनबहादुर गुरुङ, मालपोतका पूर्वकर्मचारी धर्मनाथ गौतम, पूर्व निर्वाचन आयुक्त सुधीरकुमार शाह र मालपोतका पूर्वकर्मचारी गोपाल कार्कीलाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको हो ।


यस्तै, सीआईबीले आइतबार काठमाडौं महानगरका अधिवृकत शिवजी भट्टराई, नक्कली मोही बाबुराजा महर्जन र नापीका कर्मचारी घमनकुमार कार्कीलाई पक्राउ गरेको थियो भने सोमबार रमेश कुमार पोखरेल र देवनारायण महर्जनलाई पक्राउ गरेको छ ।

१२ गते पक्राउ परेका चार जनालाई १३ गते नै जिल्ला अदालतले हिरासतमा राख्न ७ दिनको अनुमति दिएको थियो । यस मुद्दामा ४०६ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।