माओवादी केन्द्रले पनि केन्द्रीय समितिको बैठक लाइभ गर्ने



काठमाडौँ । नेकपा माओवादी केन्द्रले पनि आफ्नो केन्द्रीय समिति बैठक लाइभ गर्ने भएको छ ।

सोमबार बिहान बालुवाटारमा बसेको पदाधिकारी बैठकले सो निर्णय गरेको सचिव दीनानाथ शर्माले जानकारी दिएका हुन् ।


पार्टीका विधान अधिवेशनलगायतका विषयमा छलफल गर्नका लागि माओवादीले साउन १७ गते केन्द्रीय समिति बैठक बोलाएको छ । बैठक पाँच दिनसम्म चल्ने छ ।

यसअघि साउन २ गतेदेखि १० गतेसम्म चलेको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक लाइभ गरेको थियो ।