काठमाडौँ । जारी फिफा महिला फुटबल विश्वकप अन्तर्गत इङल्याण्डले डेनमार्कलाई पराजित गरेको छ ।
शुक्रबार सम्पन्न खेलमा इङल्याण्डले डेनमार्कलाई १-० गोल अन्तरले पराजित गरेको हो ।
इङल्याण्डको जितमा खेलको छैटौं मिनेटमा लाउरेन जेम्सले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।
समुह डी मा रहेको इङल्याण्डको यो लगातार दोस्रो जित हो । यस अघि पहिलो खेलमा इङल्याण्डले हैटीलाई १-० गोल अन्तरले पराजित गरेको थियो ।
यो जितपछि इङल्याण्डको समुह डी मा २ खेलमा ६ अंक भएको छ र समुहमा शिर्ष स्थानमा रहेको छ ।
अब समुह चरणको अन्तिम खेलमा इङल्याण्डले चीनसँग खेल्ने छ ।