महिनौंको कैदपछि इरिट्रियाबाट यमनी मछुवा मुक्त



यमन । इरिट्रियामा महिनौँदेखि हिरासतमा राखिएका दर्जनौं यमनी मछुवाहरू यमनको रेड सीको बन्दरगाह शहर होदेइदामा फर्केका एक सरकारी अधिकारीले मङ्गलबार सिन्ह्वालाई जानकारी दिएका छन् ।

नाम नबताउने शर्तमा स्थानीय अधिकारीले भने, ‘इरिट्रियाको एक टापु टर्मामा करिब तीन महिनादेखि बन्धक बनाइएका ८० जना यमनी मछुवाहरू रिहाइपछि सोमबार अबेर होदेइदा प्रान्तको दक्षिणमा रहेको अल खावखाह बन्दरगाहमा आइपुगेका छन् ।’


इरिट्रियाली अधिकारीहरूले यमनका माछा मार्ने डुङ्गाहरूलाई आफ्नो जलक्षेत्रमा अवैध रूपमा प्रवेश गरेपछि रोकी पक्राउ गरिएको बताएका छन् ।

अस्मारास्थित यमनी दूतावासको अनुरोधपछि पक्राउ परेका मछुवाहरूलाई रिहा गरिएको थियो तर उनीहरूका डुङ्गा र माछा मार्ने उपकरणहरू जफत गरिएको छ ।